खेल

नेपालका लागि वर्षा बाधक, युएईसँगको खेल १ रनले गुमायो

नेपालका लागि वर्षा बाधक, युएईसँगको खेल १ रनले गुमायो

काठमाडौं। आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा वर्षाले प्रभावित आफ्नो दोस्रो खेलमा नेपालले पराजित भएको छ । संयुक्त राज्य इमिरेट्स (युएई) विरुद्धको खेल नेपालले डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक रनले गुमाएको हो  ।

 

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो । नेपालका लागि सर्वाधिक रन आज डेब्यु गरेका हरि चौहानले बनाएका थिए । ७४ बलको सामना गरी ७ चौकाको मद्दतले उनले नटआउट ६७ रन बनाएका थिए । भिम शार्कीले ५३ रन, रित गौतमले ४४ रन, आशिफ शेखले २७ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले १८ रन, पवन शर्राफ १२ बनाएका थिए । युएईका रिसव मुखर्जीले ४ तथा मुहम्मद फराजुदिनले ३ विकेट लिए ।

 

जवाफी ब्याटिङ गरेको युएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन बनाउदा भारी बर्षा भएपछि खेल प्रभावित भएको थियो । खेल पुन: सुररु नहुने भएपछि डकवर्थ एण्ड लुइसको आधारमा खेलको निर्णय निकाल्दा नेपाल पराजित भएको हो । आजको खेल जिते सँगै युएई अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युएईले बाँकी सबै खेल जितेमा नेपालले विश्वकप खेल्न पाउनेछैन् । प्रतियोगिताको अन्त्यमा अङ्कतालिकाको शीर्षमा रहने टोलीले मात्र विश्वकप खेल्न पाउनेछ ।

विशेष