कभर स्टोरी स्वास्थ्य भिडियो

नयाँ वर्षमा स्वास्थ्यबारे योजना बनाउनुभयो ? (भिडियो सहित)

नयाँ वर्षमा स्वास्थ्यबारे योजना बनाउनुभयो ? (भिडियो सहित)

नयाँ वर्षमा धेरै मानिसले वर्षभरि गर्ने कामको या घुम्ने ठाउँको योजना बनाउँछन् । तर, के तपाईले स्वास्थ्यबारे के खाने, के छोड्ने, परिवारका सदस्यलाई राम्रो स्वास्थ्यका लागि कसरी प्रेरित गर्ने भनेर कुनै योजना बनाउनुभएको छ ? स्वास्थ्य नै नरहे न हामीले साँचेका काम गर्न सकिन्छ न त राम्रो ठाउँ घुम्न नै । यो वर्ष डा.अरुणा उप्रेतीले सबैलाई आफ्नो स्वास्थ्यबारे पनि योजना बनाउन सुझाएकी छन् । 

त्यसो त उप्रेती खानपानलाई लिएर निकै सचेत छन् र अरुलाई पनि सचेत गराउँदै आएकी छन् । एकपटक नेता वामदेव गौतमले नेपाली खान जान्दैनन् भनेपछि उनी व्यापक आलोचनाको पात्र बनेका थिए । गौतमको सो भनाईलाई पूर्ण रुपमा सहमति जनाउँदै उनले भनिन्, ‘नेपालीको परम्परागत खाने शैली एकदमै राम्रो हो । हाम्रा बाजेले खान नजानेको होइन । अहिले चाहीँ खान नजानेको स्थिति आएको हो ।’ उनको अनुसार दाल, भात, तरकारी, अचार, दही मही सबै परम्परागत र एकदमै स्वास्थ्यवद्र्धक खानेकुरा हुन् । हाम्रो खानेकुरा अब बजारीकरण भएको कारण समस्या आएको छ जसले गर्दा नेपालीहरुले खान जानेनन् । भनिन्छ, विश्वमा खान नपाएर भनेर खान नजानेर मर्नेको संख्या अधिक छ । 

">

अझै पनि धेरै मानिसको पेटभरि भात खानुपर्छ भन्ने मनसाय हुन्छ । तर यो केवल एउटा मानसिकता मात्र भएको उनले बताइन् । यो मानसिकतालाई चिर्दै उनले भनिन्, ‘भात नखाँदा पनि केही हुँदैन । पेटभरि भात खानुपर्छ भन्ने मानसिकता मात्र हो । पहिला पहिला मानिसहरु दिनभरि काम गर्थे । त्यसकारण धेरै भात खानुपर्छ भन्ने थियो । तर अहिले मानिस धेरै खान्छन् हिँड्दा पनि हिँड्दैनन्, शारीरिक काम पनि धेरै नगर्ने भएपछि त्यो उर्जा सबै पेटमा जान्छ । ३५, ४० वर्षको उमेरसमूहका व्यक्तिको पनि पेट लागेको छ । पेट लाग्नु भनेको मधुमेहको खतरा हो । वास्तवमा भात नखाएपनि त्यस्तो खासै फरक पर्दैन । भातको साटो रोटी पनि खान सकिन्छ ।’ 

मधुमेह लागेका मानिसले भातको साटो गहुँ खाने गर्छन् । यो अगाडि नै बानी बसाल्ने हो भने मधुमेहको समस्या हुँदैन । खानेकुरामा ख्याल गरेर योगासन र व्यायाम गर्ने हो भने मोटोपनाबाट मुक्त हुन सकिन्छ । मोटोपनबाट मुक्ति पाउँदामात्रै पनि अन्य धेरै समस्या  निक्र्योल गर्न सकिन्छ । 

उप्रेती सबैलाई सातु र सर्बत खान सुझाउँछिन् । उनको अनुसार जौ र चनाबाट बनेको सातु खाँदा लामो समयसम्म भोक लाग्दैन र यसले मोटोपनाबाट पनि बचाउँछ । सलादमात्र खाएर डाइटिङ गर्नु राम्रो नभएको उनले बताइन् । खाना  र रोटीको मात्रा घटाएर दाल तरकारीको मात्रा बढाउन सकिने जानकारी दिँदै डा. उप्रेतीले भनिन– ‘शारीरिक व्यायाममा अनुशासन नै सबैभन्दा महत्वपूर्ण कुरा हो । आजकल बच्चाले खाना नखाएपछि अभिभावकले बाहिरको खानेकुरा दिन्छन् । यो भनेको आमाले तँलाईं जिन्दगीभर रोग लागोस भनेर श्राप दिए समान हो ।’ 

बच्चाले घरको खाना खान नमान्नुमा बच्चाको नभई आमाबाबुको दोष भएको उनी बताउँछिन् । उनले भनिन्, ‘जन्मिएको बच्चा जिद्दी हुँदैन । यो त बाबुआमाले बनाएको हो । बच्चाहरुले मानेनन्, रोए या कराए भने यो गल्ती आमाबाबुको हो । बच्चाले रक्सी खान्छु भनेर रोयो भने हामी दिन्छौं ?’ 

हामीले दैनिक रुपमा उपभोग गर्ने तरकारीमा केही मात्रा फाल्छौं । तरकारीको कमलो भाग खाएर छिप्पिएको भाग फाल्छौं । सबै तरकारीका भाग फाल्न जरुरी नभएको भन्दै उनले भनिन्, ‘घरमा फलेको काउलीको पात काटेर तरकारीमा हालेर खान सकिन्छ । त्यसले रेसादार तत्वको काम गर्छ ।’ त्यस्तै सेतो र लामो चामल खानुको अर्थ नभएको र अहिले मार्सी चामल खाने चलन राम्रो भएको उनले बताइन् । चामलको भुस नफाली खाँदा भिटामीन बी र थायमिन प्रदान गर्ने पनि उनले बताइन् । 

हिजोआज मानिस पहिला भन्दा बढी स्वास्थ्यमा संवेदनशील हुन थालेपनि यसमा युवाहरुको भने सहभागिता नभएको गुनासो उनको छ । त्यो जमातमा समस्या परिसकेको वर्गमात्र स्वास्थ्यबारे सचेत भएको र युवाहरु भने त्यत्ति सचेत नभएको बुझाइ छ । उनले थपिन्, ‘युवाहरुले बुझेर अपनाउँदा ढिलो भइसकेको हुन्छ ।’ 

व्यस्त जीवनशैलीमा मानिसले एकपटक बनाएको खाना दुई या तीन दिनसम्म फ्रिजमा राखेर खाने गर्छन् । फ्रिजमा राखेको खानेकुरा सकेसम्म ४८ घन्टा भन्दा उता नखान उनले सल्लाह दिइन । डि फ्रिजमा पोका पोका पारेर राखेको मासु लामो समयसम्म खान सकिने डा. उप्रेतीको भनाइ छ । तर पकाइसकेको मासु भने एक पटक फ्रिजबाट निकालेपछि फेरि तताएर खानु उपयुक्त हुँदैन । 

चिनी खाएर सुगर रोग लाग्ने अधिकांश मानिसको बुझाइ छ । वास्तवमा चिनी खाएर सुगर हुने भने होइन । अत्याधिक मात्रामा चिसो पेय पदार्थ, मैदा, बजारका मिठाइले सुगरलाई आमन्त्रण गर्छन् । मोटो मानिसलाई मधुमेह हुने खतरा बढी हुने हुनाले सबैले चिनी सकेसम्म कम गरेकै राम्रो सुझाव चिकित्सकको छ । 

गर्मीमा खाइने लिची, आँपको जुस सबै चिनीको धुलो भएको उनले बताइन् । स्वाद ठ्याक्कै फलजस्तो आएपनि त्यसमा चिनीको मात्रा बढी हुनाले त्यसले फाइदा गर्दैन ।

नयाँ वर्षमा अरु भन्दा पनि स्वास्थ्यलाई चाहिने  योजना जरुरी छ ।  स्वस्थ खानेकुरा जता पनि पाइने तर अलिकति विचारमात्र गर्नुपर्ने भन्दै डा. उप्रेतीले आफ्नो अनुभव सुनाइन्, ‘२५ वर्षदेखि मैले बाहिरको खानेकुरा खाएको छैन । मेरो शरीरमा कुनै समस्या आएको छैन ।’ 

">

स्वास्थ्य नयाँ वर्ष अरूणा उप्रेती

विशेष