खेल

भारतपछि पाकिस्तानसँगको सिरिज पनि अष्ट्रेलियाले जित्यो

भारतपछि पाकिस्तानसँगको सिरिज पनि अष्ट्रेलियाले जित्यो

काठमाडौं । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ । आइतबार राति भएको पाँचौं खेलमा पाकिस्तानलाई २० रनले हराउँदै अष्ट्रेलियाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०७ रन बनायो ।

 

उसका लागि हरिश सोहेलले १२९ बलमा १३० रन प्रहार गर्दा पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले शतकीय पारी खेल्दा ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, शन मसूदले ५०, उमर अकमलले ४३, इमाद वसिमले नट आउट ५० रन बनाए । बलिङमा अष्ट्रेलियाका जसन बेहनड्रफले ३, केन रिचडसन, नाथन लायन, ग्लेन म्याक्सवेल र एडम जम्पाले एकएक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२७ रन बनायो ।

 

उसका लागि उश्मान ख्वाजाले १११ बलमा ९८, ग्लेन म्याक्सवेलले ३३ बलमा ७७, शन मार्सले ६८ बलमा ६१, कप्तान आरोन फिन्चले ६९ बलमा ५३ रन बनाए । बलिङमा पाकिस्तानका उश्मान सेनवारीले ४ र जुनैद खानले तीन विकेट लिए । पाँच खेलको सिरिज अष्ट्रेलियाले ५–० ले जितेको हो । 

एकदिवसीय सिरिज पाकिस्तान भर्सेस अष्ट्रेलिया

विशेष