मुख्य समाचार

यसकारण हुरीबतासको भविष्यवाणी गर्न सकेनौं–मौसम पूर्वानुमान महाशाखा   

यसकारण हुरीबतासको भविष्यवाणी गर्न सकेनौं–मौसम पूर्वानुमान महाशाखा   

काठमाडौं । हावामा ‘लोकल’ बदलाव आउँदा आइतबार साँझ बारामा विनाशकारी हुरीबतास आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार एकदुई किलोमिटरमा यसले तुफानको रुप लियो । ३० मिनेट चलेर ध्वंश मच्चायो । केही पूर्वतर्फ सरेपछि तुफान तितरबितर भएर सकियो । अर्याल भन्छन्, ‘यस्तो खाले हावाहुरी सानो ठाउँमा विकसित हुन्छ । कुनै स्थान विशेषमा शक्तिशाली हुन्छ र हराएर जान्छ । सानो क्षेत्रमा मौसममा आउने फेरबदल हाम्रो प्रविधिले देखाउँदैन । जसका कारण भविष्यवाणी गर्न सक्दैनौं । 

 

वर्षा, हिमपात, तापक्रम आदि नाप्ने र भविष्यवाणी गर्ने विभिन्न प्यारामिटर मौसमपूर्वानुमान महाशाखाले प्रयोग गर्दै आएको छ । तर एकाएक स्थानीय तहमा हुने मौसम फेरबदल डिटेक्ट गर्ने प्रविधि नहुनु नै मुख्य कारण रहेको अर्यालले जानकारीदिए । 

 

आइतबार साँझको हुरीबतास काठमाडौंबाट पश्चिम गोर्खा चितवन हुँदै पूर्वी क्षेत्रमा प्रवेश गरेको थियो । मौसमविद अर्यालका अनुसार साउथ–इस्ट मुभ हुँदै बारा पुग्दा यो शक्तिशाली बन्न पुग्यो । 

 

काठमाडौ पश्चिमबाट बहन थालेको हावा पूर्वतर्फ बढ्दै गयो । जुन जमिनको सतहमा बहेको थियो भने माथिल्लो तहमा बंगालको खाडी र अरेबियन सागरबाट बहेको हावा माथिल्लो तहमा थियो, जुन पूर्वबाट पश्चिमतर्फ जाँदै थियो । मौसमविद अर्याल भन्छन्, ‘माथिल्लो हावा चिसो र तल्लो हावा तातो भइरहँदा बारा क्षेत्रमा आइपुग्दा विकास भयो ।’ 
 

विशेष