मुख्य समाचार

बारा–पर्सामा हावाहुरीः उद्धार र राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

बारा–पर्सामा हावाहुरीः उद्धार र राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

 

सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् । उनले घटनामा परी मृत्यु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा भिषण हावाहुरी

विशेष