गेरु वस्त्र ओढेर प्रचण्डले भने, "बालगुरु आदित्यनाथ अदभुत चमत्कार हुन्"
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बालगुरु आदित्यनाथ एउटा अदभुत चमत्कार रहेको बताएका छन् ।
शनिवार त्रि-गजुर शिवालयको प्राण-प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आदित्यनाथ बालगुरु कुनै परम्परागत धार्मिकपन्थ नभइ समस्तथ मानव जातिको कल्याणका निम्ति अगाडि बढेको जीकिर गरे । पूर्ण रुपमा धार्मिक देखिएका दाहालले भने, "हिमाल, पहाड, नदीनालाका कारण नेपाल सधै ज्ञानको ज्योति प्रवाह हुने तथा चिन्तनको विकास हुने उर्वरभुमि हो । बेला बेला पौराणिक सोचको विकास यहाँबाट हुन्छ ।"
उनले थपे, "आदित्य बालगुरु अदभुत प्रकृतिका असमान्य सोचहरु आविष्कारका रुपमा देखिएका हुन् । नेपालमा यस खालको आध्यातिमकता कमै देखिन्छ । उहाँ कुनै धार्मिकपन्थको रुपमा नभइ समस्त मानव जातिको कल्याणको निम्ति अगाडि बढ्नु भएको हो । यहाँ नयाँ तरिकाले शान्ति कायम हुन्छ । आत्मानुशासनबाट आत्मसम्मान कायम गरी राष्ट्रिय एकता बलियो बनाउनु उनको चाहना हो ।"
"पहिला आध्यात्मिक गुरु पनि विदेशबाट ल्याएर पुज्नुपर्ने तितो यथार्थको बीचमा आफ्नै ज्ञाता जम्निनु गर्वको करा हो । जे जे प्रतिकहरु भए पनि उनीहरु सबै नेपाली नै हुनु गर्नवको कुरा हो । उनका आविष्कारहरु र अभिव्यक्ति विश्वको केन्द्र बनोस् । शान्तिपूर्ण समृद्ध नेपाल सुखी नेपाली अभियानलाजई यस प्रकियाले पनि सहयोग गर्ने विश्वास छ ।"
पशुपति क्षेत्रमा आजदेखि सुरु भएको ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान आगामी ३० गतेसम्म चल्नेछ । उक्त क्षेत्रमा बालगुरु आदित्यको अवधारणामा त्रि–गजुर शिवालयको स्थापना गरिएको हो। महायज्ञको पहिलो दिन ९६० मंगल कलसको यात्रा पशुपतिनाथ मन्दिर परिक्रमा गरी सम्पन्न भएको छ । कलश यात्रामा ५०० प्लेकार्ड र अर्को ५०० ॐ आदी लेखिएको पहेंलो झण्डा समेत पर्दशन गरिएको हो।