Technology

फेसबुकसहित अन्य सामाजिक सञ्जाल पुन: सुचारु, करोडौं घाटा भएको अनुमान

फेसबुकसहित अन्य सामाजिक सञ्जाल पुन: सुचारु, करोडौं घाटा भएको अनुमान

काठमाडौं । सामाजिक सञ्जालहरु फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएपमा प्राविधिक समस्या आएपछि आज दिउँसोबाट  डाउन भएका ती साइटहरु करिब ३ घण्टापछि पुन: सुचारु भएका छन् ।

ती साइटहरुमा देखिएका समस्याहरु समाधान भएपछि पुन: सुचारु भएको हो । तीन घण्टाको समयमा फेसबुकले लाखौँ प्रयोगकर्ता गुमाएको छ भने करोडौंको घाटा हुने अनुमान गरिएको छ । यद्यपी यकिन तथ्याङ्क भने फेसबुकले  सार्वजनिक गरेपछि थाहा हुनेछ । तीनै वटा साइटहरु फेसबुककै कम्पनी हुन् । 

विशेष