खेल

आइपीएलः सन्दीप आवद्ध दिल्लीको भिडन्त आज पन्जावसँग, कुन टिम बलियो?

आइपीएलः सन्दीप आवद्ध दिल्लीको भिडन्त आज पन्जावसँग, कुन टिम बलियो?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज किंग्स इलाभेन पन्जावविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि शुरु हुँदैछ ।  अंक तालिकामा चौथो र पाँचौ स्थानमा रहेका दिल्ली–पन्जावको खेल आज रोमाञ्चक हुने अनुमान छ । यसअघि, दुवै टिमले एक–एकमा हार र दुई–दुई खेलमा जित निकालेका छन् । अन्तिम खेलमा दिल्लीले ‘सुपर ओभर’ मा कोलकातालाई र पन्जावले मुम्बईलाई हराएको थियो ।  

 

पन्जाव र दिल्ली अहिलेसम्म २२ पटक एकअर्कासँग भिडेका छन् । जसमा १३ मा पन्जाव र ९ खेलमा दिल्लीले जित निकालेको छ । तेस्रो खेलमा मौका पाएका सन्दीपले आज पनि मौका पाउने सम्भावना छ । उनले कोलकाता विरुद्धको खेलमा ४ ओभरमा १ विकेट लिँदै २९ रन खर्चिएका थिए । आजको खेलमा को–कोले पाउन सक्छन् मौका? हेर्नुस् सम्भावित टिम–


दिल्ली क्यापिटल्सः श्रेयस अय्यर (कप्तान), शिखर धवन, ऋषभ पन्त (किकेटकीपर), पृथ्वी शा, सन्दीप लामिछाने, कोलिन मुनरो, हर्षल पटेल, कागिसो रबाडा, क्रिस मोरिस, हनुमा बिहारी र राहुल तेबटीया । 


किंग्स इलाभेन पन्जावः रविचन्द्रन आश्विन (कप्तान), क्रिस गेल, लोकेश राहूल (विकेटकीपर), मयंक अग्रवाल, डेबिड मिलर, मन्दीप सिंह, सरफराज खान, हार्दुस भिल्जोइन, मोहम्मद सामी, एन्डु टाय र मुगन आश्विन

इन्डियन प्रिमियर लिग सन्दीप लामिछाने दिल्ली भर्सेस पन्जाव

विशेष