बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाए
मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै जात्रा सकिएको हो ।
बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए ।
यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ । यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्ध कृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको सातौं पटक हो ।
ब्रत शुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ ।
नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा गरी सयौँ मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ ।