आइसीसी यु–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा समेटियो

आइसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ९२ रनमा समेटेको छ । क्वाललम्पुरमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
नेपालीका स्पिनरहरूले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेका हुन् । नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए । त्यस्तै सागर ढकालले १ विकेट लिए ।
मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए । दुई खेल खेलेको नेपालले एक खेलमा जीत र एकमा हार बेहोर्दै २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
विश्वकप छनोट आइसीसी यु–१९