मनोरञ्जन

भारतीय लोकसभा चुनावमा आलियाले भोट गर्न नपाउने, यस्तो छ कारण

भारतीय लोकसभा चुनावमा आलियाले भोट गर्न नपाउने, यस्तो छ कारण

एजेन्सी : भारतमा लोकसभा चुनाव जारी छ । बलिउडका कैयौँ स्टार किड्सले यस वर्ष पहिलो पटक मतदान गर्दै छन् । तिनै स्टार किड्समध्येकी आलिया भट्टले भने मतदान गर्न पाउने छैनन् । यसको कारण हो उनको पासपोर्ट ।

एक अन्तर्वार्तामा मतदानको लागि अरुलाई कसरी सचेत गराउने भन्ने प्रश्न गर्दा यो खबर बाहिरिएको हो ।

आलियालाई भोट गर्नेबारे प्रश्न अघिल्लो लोकसभा चुनावमा पनि गरिएको थियो । त्यतिबेला उनले दोहोरो नागरिकता लिने बताएकी थिइन् । भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन । उनले भारतसँगै बिट्रिस पासपोर्ट पनि लिएकी हुन् । उनकी आमा सोनी राजदान पनि ब्रिटिश नागरिक हुन् ।

आलियासँगै अक्षय कुमार, सन्नी लियोनीले पनि भोट गर्न पाउने छैनन् । यी दुवैजना क्यानडियन पासपोर्टधारी हुन् । त्यस्तैगरि क्याट्रिना क्याफ, ज्याक्लीन फर्नान्डेज, नरगिस फाकरी, इमरान खानले पनि मतदान गर्न पाउने छैनन् ।

आलिया भट्ट यी दिनहरुमा आफ्नो आउँदो फिल्म ‘कलंक’ को प्रचार गरिरहेकी छिन् । यसपछि उनी फिल्म ‘ब्रमास्त्र’ मा प्रेमी रणवीर कपूर र अमिताभ वच्चनसँग देखिने छिन् ।

आलिया भट्ट

विशेष