समाज

स्याङ्जामा रहेर समाजसेवा गर्दै आएकी कमला पराजुली सम्मानित

स्याङ्जामा रहेर समाजसेवा गर्दै आएकी कमला पराजुली सम्मानित

काठमाडौं । काठमाडौंस्थित गण्डकी सामाजिक संस्थाले समाजसेवी कमला पराजुलीलाई सम्मान गरेको छ । स्या‍ङ्जामा रहेर पराजुलीले बालबालिकालाई आश्रय दिँदै आएकी छन् । उक्त संस्थाले विभिन्न ठाउँमा कार्यरत युवा समाजसेवीलाई सम्मान गर्ने सन्दर्भमा पराजुलीलाई सम्मान गरेको हो । 

पराजुलीसँगै अर्का वृद्धा यज्ञप्रसाद गैरेलाई पनि संस्थाले सम्मान गरेको छ । गैरेले शिक्षा क्षेत्रमा रहेर समाजसेवा गर्दै आएका छन् भने पराजुलीले बालबालिकाको क्षेत्रमा । भूमिसुधारमन्त्री पद्म अर्यालको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा शिक्षाको गैरे र बालबालिकाको क्षेत्रबाट पराजुलीलाई सम्मान गरिएको हो । 

पराजुलीले सन् २०६८ सालमा स्याङ्जामा अमोर सेवा नेपाल नामको संस्था दर्ता गराएकी हुन् । विकट क्षेत्रमा सम्भवत यो पहिलो बालआश्रम हो । उक्त संस्थामार्फत उनले २५ जना बालबालिकाको अभिभावकको रूपमा सेवा दिँदै आएकी छन् । 

 

कमला पराजुली समाजसेवा

विशेष