मनोरञ्जन

अर्जुन कपूर र मलाइकाको विवाह ‘पोस्टपोन’

अर्जुन कपूर र मलाइकाको विवाह ‘पोस्टपोन’

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोडाले आफ्नो विवाह 'पोस्टपोन' गरेका छन् । उनीहरु १९ अप्रिलमा विवाह गर्ने कुरा थियो । तर विवाहको मिति सर्नुको कारण भने बाहिर आएको छैन । 

स्रोतले जनाए अनुसार अर्जुनको परिवारले यस सम्बन्धलाई स्वीकार गरिरहेका छैनन् । बुबा बोनी कपूर, बहिनी अंशुला र कजिन सोनमले अर्जुनसँग कुरा गर्ने कोशिश गरे तर यसको कुनै पनि फाइदा भएन । 

अर्जुन अभिनित फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ आउँदो मेमा रिलिज हुँदै छ । फिल्मको प्रचारकाे समयमा अर्जुन आफ्नो व्यक्तिगत काम गर्न चाहँदैनन् भन्ने खबर पनि छ । जसकारण उनले विवाह पोस्टपोन गरेको भन्नेबारे चर्चा छ । 

मलाईका अरोडाले पनि पछिल्लो दिनहरुमा अर्जुनसँगको विवाहको खबरलाई खण्डन गर्दै आएकी छिन् । विवाहको कुरामा कुनै सच्चाइ नभएको उनले जनाएकी थिइन् । अरबाज खानसँग विवाह टुटेपछि ४५ वर्षिया मलाईका र ३३ वर्षीया अर्जुन प्रेम सम्बन्धमा भएको खबर बाहिरिएको हो । दुवैजना केही दिन पहिला मालदिभ्समा छुट्टी मनाएर फर्किएका थिए । 

अर्जुन कपूर मलाईका अरोडा

विशेष