देश

एक वर्षअगाडि नै भेरी बबईको सुरुङको काम सम्पन्न, प्रधानमन्त्री ओलीद्वारा 'ब्रेक-थ्रु'

एक वर्षअगाडि नै भेरी बबईको सुरुङको काम सम्पन्न, प्रधानमन्त्री ओलीद्वारा 'ब्रेक-थ्रु'

सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।

२०७६ साल चैतमा सकिने काम करिब १ वर्ष अगाडि नै सम्पन्न भएको हो । कुल १२ किलोमिटर लम्बाई रहेको सुरुङको बाँकी रहेको २ मिटर सुरुङ भेरीगंगा नगरपालिकाको चिप्लेमा मेसिनको स्वीच थिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ‘ब्रेक–थ्रू’ गरेका छन् । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण भएको उक्त सुरुङमार्फत भेरी नदीको ४० प्रतिशत पानी बबई नदीमा झारिनेछ ।

यस आयोजनाको पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ भने बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्याइनेछ । सिचाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक ३ अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको छ । 

विशेष