प्रवास

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

काठमाडौं । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । 

साउदीको अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अजमिलमा मात्रै १० हजार नेपालीको रोजगारी गुमेको छ । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ ।

‘अजमिलले एक वर्षमा झन्डै ७ हजार नेपालीलाई फिर्ता पठाइसकेको छ,’ साउदीको दमामस्थित नेपाली दूतावासका प्रतिनिधि हरि घिमिरले कान्तिपुरलाई फोनमा भने । अजमिलले कामविहीन भएर लामो समयदेखि बसिरहेका ३ हजारलाई स्वदेश पठाएको छैन । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

कामदार वैदेशिक रोजगार साउदी अरब

विशेष