आइपिएल : पञ्जावसँग राजस्थान पराजित
एजेन्सी । इन्डिन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स–११ पन्जाबले राजस्थान रोयल्सलाई १२ रनले हराएको छ ।
चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली पन्जाबले दिएको एक सय ८३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६८ रनमा समेटिएको थियो ।
राजस्थानका राहुल त्रिपाठीले ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । स्टुवार्ड बिनीले अविजित ३१, संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोस बट्लरले २३ रन बनाए । बलिङमा पन्जाबका अर्शदीप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले समान दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले ४०, क्रिस गेलले ३०, मायांक अग्रवालले २६ र रविचन्द्र आश्विनले अविजित १७ रन बनाए ।
आइपिएल पन्जाब