Technology

गुगल प्लेस्टोरबाट टिक-टक गायब

गुगल प्लेस्टोरबाट टिक-टक गायब

भारतमा म‌ंगलबारबाट गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ। भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट भिडियो एप टिक–टक हटाउनुपर्ने माग गरेपछि गुगल प्ले स्टोरमा टिक–टिक हटाइएको हो।

मद्रास उच्च न्यायालयको आदेशअनुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो। मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो।

सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यससम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ। सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको छ ।

‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ। यसले युवाको भविष्य र बच्चाको दिमाग खराब गरिरहेको अदालतको ठहर छ। ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो।

टिकटक

विशेष