मनोरञ्जन

‘रणबीरले मेरो जीवनमा भिन्नै खुशी र सकारात्मकता ल्याए’ - आलिया भट्ट

‘रणबीरले मेरो जीवनमा भिन्नै खुशी र सकारात्मकता ल्याए’ - आलिया भट्ट

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आउँदो फिल्म ‘कलंक’ को प्रचारमा व्यस्त छिन् । यसबीच उनले आफ्ना प्रेमी रणबीर कपूरबारे खुल्ल रुपमा बयान दिएकी छिन् । आज आफू जेजस्तो हुनुमा रणबीरको खास भूमिका भएको आलियाले बताइन् । 
आलिया आफ्नो प्रोफेसनल र व्यक्तिगत दुवै जीवनका कारण बेलाबेलामा चर्चामा रहिरहन्छिन् । फिल्म प्रचारको संघारमा उनी आफ्नो प्रेमबारे खुलस्त रुपमा कुरा गर्न कत्ति पनि हिच्किचाइनन् । 

केही दिनअघि भएको ६४ औं फिल्मफेयर अवार्डमा आलिया अभिनित फिल्म ‘राजी’ ले धुम मच्चायो । तर यस अवार्ड शोको माहोल तब रंगीन भयो जब आलियाले रणबीर कपूरलाई खुलेआम ‘आइ लभ यू’ भनिन् । यस भन्दा पहिला कहिल्यै यी दुईले सार्वजनिक स्थानमा एकअर्कालाई प्रेम दर्शाएका थिएनन् । 

आलियालाई फिल्म ‘राजी’ बाट उत्कृष्ट महिला अभिनेत्रीको अवार्ड मिल्यो । अवार्ड ग्रहण गरिसकेपछिको स्पीचमा आलियाले भनिन्, ‘मेघना, मेरो लागि तिमी नै राजी हौ । यो तिम्रो रगत पसिनाको नतिजा हो ।’ यसपछि उनले आफ्नो सह कलाकार विक्की कौशललाई धन्यवाद व्यक्त गरिन् । उनले आफ्ना मेन्टर करण जोहरलाई पनि धन्यवाद व्यक्त गरिन् । 

अन्तिममा उनीले आफ्ना प्रेमी रणबीर कपूरलाई इशारा गर्दै भनिन्, ‘आज सबै मायाको नाममा छ । त्यहाँ मेरा सबभन्दा स्पेशल व्यक्ति बसेका छन् । आइ लभ यू ।’

 

फिल्मको प्रोमोसनको दौरान आलियालाई उनी यतिविघ्न खुसी हुनुको कारणबारे सोधिएको थियो । जवाफमा उनले भनिन्, ‘मेरो अनुहारमा चमक आएको कुरालाई म नकार्दिन । म यस इन्डस्ट्रिमा आएको ६ वर्ष भइसक्यो । म सधैं आफ्नो व्यक्तिगत कुराहरुलाई लिए चुप नै रहन्छु । आज पनि म चुप नै छु तर त्यत्ति धेरै होइन । फिल्मफेयरको समयमा जब म स्टेजमा थिएँ, मलाई लाग्यो, ती व्यक्तिहरुलाई धन्यवाद दिनुपर्छ जो मेरो जिन्दगीमा एकदम महत्वपूर्ण छन् । उनीहरु सबैको मैले नाम लिएँ जसले मलाई प्रोत्साहित गरेका छन् । आज म जे छु उनीहरु सबैको कारण छु र रणबीर पनि तिनै महत्वपूर्ण व्यक्तिमध्येका एक हुन् । मैले यस्तो कहिल्यै भनेकी थिइन तर त्यस दिन मलाई रणबीरलाई थ्याङ्क यू भन्नै पर्छ भन्ने महसुश भयो । रणबीरले मेरो जिन्दगीमा भिन्नै किसिमको खुशी र सकारात्मकता ल्याए ।’

आलिया अभिनित फिल्म ‘कलंक’ आज बुधबारबाट रिलिज भएको छ । फिल्ममा आलियासँगै सञ्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर, वरुण धवान र माधुरी दिक्षित पनि मुख्य भूमिकामा रहेका छन् । 

आलिया भट्ट कलंक रणबीर कपूर

विशेष