मनोरञ्जन

ऋचा भन्छिन्, ‘विवाह गर्ने व्यक्ति पाइसकें’

ऋचा भन्छिन्, ‘विवाह गर्ने व्यक्ति पाइसकें’

काठमाडौं । यतिबेला नेपाली सिनेवृत्तामा नायिका ऋचा शर्माको विवाहबारे व्यापक चर्चा छ । पटक पटक यसबारे आफू केही नबोल्ने बताउँदै आएकी ऋचाले एक अन्तर्वार्तामा भने केही कुरा खुलासा गरेकी छिन् । 

विवाहबारेको प्रश्नमा उनले भनिन्, ‘ मिडियामा आएजस्तो विवाहको तयारी होइन । तर गर्ने सोच बनाएको छु । विवाह गर्ने व्यक्ति पाइसकेको छु । सार्वजनिक गर्न सक्ने धेरै मौका थिए तर अहिलेसम्म गरिएको छै्रन । कुनै न कुनै बेलामा म सार्वजनिक गर्ने छु ।’ 

काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा पाङ्ग्रा एक्सप्रेसको स्थापना गरेसँगै उनले व्यापारको क्षेत्रमा पनि हात हालेकी छिन् । विदेशमा काम गरेर आएका स्कुलका साथीहरुसँग मिलेर स्ट्रिट फुड ट्रकको कन्सेप्टलाई अगाडि बढाएको उनले बताइन् । नेपालमा गुड्ने स्ट्रिट फुड ट्रकको व्यवस्था तथा कानून नभएको हुँदा त्यस उक्त फुड ट्रक नगुड्ने ट्रक हो । 
 

ऋचा शर्मा

विशेष