अन्तरवार्ता भिडियो कभर स्टोरी

६ नेताको बन्धक राजपा , महाधिवेशनको सट्टा भोज गर्दै (भिडियोसहित)

६ नेताको बन्धक राजपा , महाधिवेशनको सट्टा भोज गर्दै (भिडियोसहित)

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन बैशाख ७ गतेबाट सुरु हुनुपर्ने हो । तर, यही महाधिवेशनको मिति सार्न बैशाख ८ गते पदाधिकारी समितिको अर्को बैठक बोलाइएको छ । त्यही दिन काठमाडौं कालिकास्थानमा राजपाले सबैलाई भोजका लागि समेत निमन्त्रणा बाँडेको छ । 

 


जुन समयमा महाधिवेशन गर्नुपर्ने हो त्यो बेला भोज गर्नुपर्ने कारण चाहिं पार्टीको स्थापना दिवस हो । पार्टी स्थापना दिवसको बाहनामा राजपाले सबैलाई भोजका लागि आमन्त्रण गरेको छ । वास्तवमा महाधिवेशन गर्न नसकेर कार्यकर्ता र जनतासामु मुख देखाउनसमेत लाज मान्नुपर्ने बेला भोज गर्न सक्ने नेताहरु कस्ता हुन त ?

 


राजपा महामन्त्री जितेन्द्र सिंहका अनुसार महाधिवेशन गर्नुअघिका प्रक्रियाहरु अपूरै रहेकाले महाधिवेशन सार्नुपर्ने स्थिति आएको हो । यसमा सबैभन्दा बढी अध्यक्ष मण्डलका ६ जना नेता दोषी भएपनि त्यसको जिम्मेवारी आफूहरु सबैजना लिन तयार भएको उनले बताए । 

 


६ जना नेताहरुले सकभर महाधिवेशन नै गर्न नपरोस भन्ने मनशाय पालेका छन् । नेतृत्वमा बस्न पाइएकै छ ।  आलोपालो भएपनि एक न एक चोटी अध्यक्षहरुको पनि संयोजक बन्न मिलिहाल्छ । किन महाधिवेशन गरिरहनु पर्यो भन्ने मानसिकता नेताहरुमा पलाएको सिंहको तर्क छ । 

 

">


‘आलोपालो प्रणालीका कारण पार्टी संगठन र राष्ट्रिय मुद्दामा जति भूमिका खेल्न सकिन्थ्यो त्यो हुन सकिरहेको छैन । यसले घाटा पुर्याएको छ । अब एकल नेतृत्व प्रणालीमा जानु पर्छ । आउँदो महाधिवेशनले यसलाई स्पष्ट गर्नेछ । ’ सिंह बताउँछन् । 

 


आफूहरु जनताप्रति उत्तरदायी भएकाले मुलुक र जनताको हीत भन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने सिंह बताउँछन् । हालै जनमत पार्टी गठन गरेका सिके राउतको नियतमाथि शंका व्यक्त गर्दै महामन्त्री सिंहले भने, ‘ राउत र उनका डिजाइनरहरुको नियत खुल्न अझै समय लाग्ने छ, उनीहरुले मधेशमा राजपालाई बिस्थापित गर्ने भन्ने कुरा दिवास्वप्न मात्र हो । ’

 


सरकारमा सहभागी संघीय समाजवादी फोरमसंग एकतका लागि वार्ता भैरहेको भएपनि त्यसले ठोस आकार ग्रहण गर्न सकेको छैन । जबसम्म राष्ट्रिय राजनीतिका मुद्दामा समान दृष्ट्रिकोण बन्दैन, तबसम्म पार्टी एकीकरणको प्रयास मात्र हुने, यसले सार्थक रुप पाउन सक्ने छैन । फोरमले सरकार छोडेर मैदानमा आए एकीकरण प्रयासले गति लिन सक्ने छ । 

 


बर्तमान बामपन्थी सरकार लोकतन्त्रबिरोधी र अधिनायकवाद शैलीमा अघि बढेकाले जनताका अधिकार कुण्ठित हुने स्थितिमा पुगेका छन् । यसकारण दबाबमुलक आन्दोलनको जरुरी छ । सरकार तत्काल ढाल्न सम्भव नभएपनि राजसंस्था, सेना जस्ता बिषयले मुलुकको माहोल बिग्रन थालेको छ । 
‘मुलुकमा पुरत्थानवादी शक्तिले टाउको उठाउने प्रयास गरेपनि त्यसलाई रोक्न लोकतन्त्रवादी दलहरु सफल हुनेमा कुनै शंका छैन । ’ सिंह बताउँछन् । 

महाधिवेशन राजपा महामन्त्री जितेन्द्र सिंह

विशेष