कभर स्टोरी

इतिहास जोगाउन तल्लीन युवा (भिडियोसहित)

इतिहास जोगाउन तल्लीन युवा (भिडियोसहित)

नुवाकोट । दीपेन्द्र शाह शंकर २२ वर्ष भए । तर काष्ठकलामा उनको दक्षता पाको छ । १५ वर्ष नटेक्दै यिनी काष्ठकलामा पोख्त भइसकेका थिए । नागरिकता लिने उमेर नहुँदै उनले काष्ठकलामा व्यावसायिक उडान भरिसकेका थिए । अझ अनौठो त के छ भने यो क्षेत्रमा लाग्ने पहिलो नुवाकोटे युवाको ताज यिनैले पाएका छन् । ललितपुर, भक्तपुर र काठमाडौं बाहेक अपवाद कालिगढ यो क्षेत्रमा लागेको पाइन्छ । 

 

काम गदै जाँदा काष्ठकलाका कालिगढ सस्त मालीसँग भेट भयो । तिनैको संगतले काठमा जीवन्त कला खोप्न खप्पिस भए । अहिले उनी नुवाकोटको सात तले दरबार हातामा बन्न लागेको भैरवी मन्दिर निर्माणमा जुटेका छन् । पुरानो मन्दिरमा रहेको काष्ठकलालाई सक्कल बम्मोजिम नक्कल उतार्ने दायित्व यी कलाकारलाई सुम्पिएको छ ।

यिनीहरू भैरव र सरस्वतीको अनुहार काठमा अनुवाद गरिरहेका छन् । भक्तपुरकै अर्का कलाकारले यिनलाई साथ दिएका छन् । कस्को कला उतार्दा आनन्द आउँछ ?’ उनीहरू बेधक उत्तर दिन्छन्– भैरव । त्यसो उन्मत्त भैरवको कला उतार्न कम चुनौतीपूर्ण छैन् । 

 

पाँच वर्षका लागि उनीहरु ‘बुक’ छन् । काम जति पनि फालाफाल । विदेश नगई नेपालमा फलिफाप शून्य भन्नेहरुका उनीहरु गतिलो जवाफ हुन् । यही ठाउँमा लगातार बसेर काम गरेको वर्ष नाघिसक्यो । घर फर्कंदा विदेशबाटै फर्किएको भान हुन्छ । यिनीहरुको कमाई कति छ त ? कलाको मोल त हुन्न नै । ठेकेदारबाट दैनिक १८ सय हात लाग्छ । वास्तवमा पुरातात्विक महत्वका वस्तुलाई जीवन्त राख्ने यी शिल्पीको सीप तारिफयोग्य त छँदैछ नै, त्यसमाथि नेपालमा काम गरी खानेका लागि यी पात्र प्रेरणा श्रोत बन्न सक्छन् ।

 

कलाकार काष्ठकला

विशेष