‘आनन्द अरुण मैले सुसाईड गरेको हेर्न चाहन्छन्’
काठमाडौं । ओशो रजनीशका विवादास्पद अनुयायी अरुणकुमार सिंह उर्फ आनन्द अरुण र उनको समूहले ओशो सन्यासीहरुमाथि पीडा सिर्जना गरिरहेको आरोप लागेको छ ।
अरुणकुमार सिंह एवं समूहले साइबर क्राइमको झूठो मुद्दा लगाएर मर्नु न बाँच्नुको स्थितिमा पुर्याएको भन्दै पोखराका सामथ्र्य स्वामी (शिव ढकाल)ले मार्मिक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘ बोधिसत्व भन्ने स्वामी अरुण मेरो दैनिक जीवन डामाडोल भएको हेर्न चाहन्छन् । मैले सुसाईड गरेको हेर्न चाहन्छन ।’
एक महिलालाई अगाडि सारेर साइबर क्राइमको अभियोग आफूमाथि लगाएर आफ्नो जीवन नै तहसनसह पार्न खोजेको दावी सामथ्र्य स्वामीले गरेका छन् ।
पुरुष भएर महिला सन्यासीबाट खुट्टा मसाज गराउने अरुणकुमार सिंह ओशोका विवादास्पद अनुयायी मानिन्छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर ओशो तपोवन सञ्चालन गरेको पाइएपछि निकुञ्जले तपोवनबाट जमिन खोसेको थियो ।
अरुणकुमार सिंह र उनको समूहका एकपछि अर्काे भण्डाफोर हुन थालेपछि उनले आफ्ना आलोचकहरुविरुद्ध साइबर क्राइमको उजुरी प्रहरीमा दिएका थिए ।
सामर्थ्य स्वामीले लेखेको स्टाटस यस्तो छ, ‘मैले बिगत ८ महिना देखि स्वामी आनन्द अरुणको निर्देशनण्मा साइबर क्राइमको झुटो मुद्दा झेलिरहेको छु । राज्यको सम्पूर्ण शक्तिको दूरुपायोग गरेर एक महिलालाई अगाडि सारेर म माथि झुठो मुद्दा लगाइएको छ । साक्षी बकपत्रमा अरुण स्वामीका सम्पूर्ण बि डि ए कम्पनीका स्टाफ धाएका छन् मलाई जेल हाल्न । म एक साधारण परिवार को मान्छे हुँ। ममाथि साइबर क्राइम को मुद्दा छ भन्ने कुरा मेरो बुवाआमालाई भन्न सकिरहेको छैन ।
म एक्लैले यो अदालती कामको बोझ उठाउन गाह्रो हुने देखिएको छ किनकि जब केस फैसलाको चरणमा पुग्छ तब यिनीहरु एक पछि अर्को गर्दै नयाँ नयाँ झूठा मुद्धा थप्दै जाँदै छन्, मुद्दा माथि मुद्दा । बोधिसत्वो भन्ने स्वामी अरुण मेरो दैनिक जीवन डामाडोल भएको हेर्न चाहन्छन मैले सुसाईड गरेको हेर्न चाहन्छन् । अरुण स्वामीजी तपाईंले ओशोमा के तेस्तो अचम्म देख्नु भो ओशोलाई देखेर तपाईंले के बुुझ्नु भो के सिक्नु भो ? स्वामीजी दिनमा बोधिसत्वो र रातमा गुन्डागर्दी जस्तो भान हुने काम गर्न छोडी दिनुहोस् ।
बोधिस्त्वको त अर्थ पनि तपाईंले बुझेको भए म पोखरा देखि काठमाडौंसम्म महिनाको २ –२ पटक धाउनु पर्ने थिएन होला । मेरो खुट्टा ढोगेर माफी नमागेसम्म छोडिन्न भन्नुभको छ रे । म हरेक किसिमले वार्ताको लागि तयार छु तपाईसँंग । अदालती गन्दा गेम खेलेर म जस्तो सामान्य सन्यासी एउटा गुरुभाईलाई यातना दिन छोड़िदिनूस् ।
र यो पनि