चार वर्षपछि टोलीमा फर्किदै करुनरत्ने, विश्वकपमा श्रीलङ्काको कप्तानी गर्ने
काठमाडौं। सन २०१९ को मइ अन्तिम साता इंगल्याण्ड र वेल्समा सुरु हुने क्रिकेट विश्वकपका लागि श्रीलङ्काले टोलीको घोषणा गरेको छ ।
बिहिबार श्रिलङ्काली क्रिकेट बोर्डले घोषणा गरेको १५ सदस्य टोलीमा अधिकांश वर्तमान टोलीकै सदस्य छ भन् भने केही खेलाडीको पुनरागमन भएको छ । अन्तिम पटक २०१५ को विश्वकपमा एकदिवसीय क्रिकेट खेलेका डिमुथ करुनरत्ने चार वर्षपछि टोलीमा पुनरागमन गर्दा उनले टोलीको कप्तानी गर्दैछ ।
त्यस्तै सन २०१७ अक्टोबरमा अन्तिम एकदिवसीय खेलेका मिलिन्डा सिरिवारदना र जेफेरी वान्डरसे पनि टोली अटाएका छन् । गत विश्वकपमा अफगानिस्तानविरुद्ध अन्तिम एकदिवसीय खेलेका जीवन मेन्डिसलाई पनि टोलीमा स्थान दिइएको छ ।
टोलीमा पर्ने अन्य खेलाडीहरु कुशल परेरा, लाहिरु थिरिमान्ने, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनञ्जय डि सिल्भा, थिसरा परेरा, अभिश्का फर्नान्डो, इसुरु उदाना, लशिथ मलिङ्गा, सुराङ्गा लकमल तथा नुवान प्रदीप रहेका छन् ।