फोटो समाज

सिंहदरवारभित्र फक्रिएको फूल, मुर्झाएको विश्वास  (फोटो फिचर) 

-चन्द्र राई

सिंहदरवारभित्र फक्रिएको फूल, मुर्झाएको विश्वास  (फोटो फिचर) 

सिंहदरवारसंग यस्तो तागत छ, जसले उसको आलोचना गरेर कजाउन खोज्छ, प्रकारान्तरमा उही खुइलिएर जान्छ । सिंहदरवारभित्रका भवन आफैंमा न साधन हुन्, न साध्य नै । यो त पानीजस्तै हो, जसले जस्तो रंगमा घोल्छ, उस्तै भइदिन्छ । तैपनि थोरै भाग्यमानी नेपालीले पस्न पाउने यो ठाउँको व्याख्या आँखा नदेख्नेले हात्ती छामेजस्तै हो । 

 

विधिको शासनभित्रको सिंहदरबार कस्तो छ ? मेरो क्यामेराको लेन्सले पत्तो पाएन । तर सिंहदरबार हाताभित्रको वातावरण मनमोहक बन्दै गएको भान भएको छ । सडक सफा छ । फूलवारीलाई व्यवस्थित बनाउने प्रयास भएका छन् ।

 

यो दृश्य कालो बादलभित्रको चाँदीघेरा हो । बाहिर देखिएको यो सौन्दर्य शासन प्रणालीमा थोरै मात्र सरिदिए नेपालीको अनुहारको आभा यही फूलजस्तै चम्किने थियो । अनि नेताको नाम फूलको सुवासजस्तै गम्किने थियो । 


 

 

 

 

 

 

 

 

 

 

सिंहदरवार

विशेष