कभर स्टोरी भिडियो

चाउचाउजस्तै हुने भयो नेपालको नागरिकता(भिडियो सहित)

चाउचाउजस्तै हुने भयो नेपालको नागरिकता(भिडियो सहित)

नेपालको राजनीतिलाई नजिकबाट नियालेका र भ्रष्टाचारविरुद्ध अभियान नै सञ्चालन गरिरहेका अभियान्ता हुन् ज्ञानेन्द्र शाही । नागरिकता विधेयक पारितबारे गृहमन्त्री रामबहादुर(बादल) को आदेश यतिबेला चर्चा र विरोधको विषय बनेको छ । यसबारे नेपालआजका सुमन कोइरालासँग उनले गरेको कुराकानीको सम्पादित अंश । 

कानून भन्दा माथि गृहमन्त्री, चाउचाउसरी नागरिकता
नागरिकता विधेयक अहिले विचाराधीन छ । तर पनि गृहमन्त्रीले संविधान र कानून भन्दा आफू ठूलो भएर विदेशी दलालको पैसाको लोभ, पावर र शक्तिमा उदण्ड भएर आदेश जारी गरेका छन् । उनले नेपालको ७७ वटै जिल्लामा नागरिकता चाउचाउसरी बाँड्नका लागि दिएको आदेश तीन करोड नेपाली र नेपालको कानून विपरित छ । संविधान र कानूनको मातहतमा बसेर सत्ता चलाउने हो । तर नेपालमा संविधान भन्दा हामी ठूलो हौं भन्ने भइसक्यो । 

केपी शर्मा ओली सर्वशक्तिशाली छन् । सबैको प्रमुख केपी शर्मा हुन् । किनभने उनले जसलाई कारवाही गर्ने आदेश दिइयो त्यसैलाई गरिने भएको छ । उनका आसेपासेले अरबौंको भ्रष्टाचार गरेका छन् । तिनिहरुलाई छुँदा पनि नछुने । फोरजी घोटालामा १८ अर्ब भ्रष्टाचार भएको छ, त्यहाँ नछुने, वाइड बडीमा पाँच अर्ब भ्रष्टाचार भएको छ, त्यहाँ नछुने । यो सबै विधिको शासन नभएको प्रतिफल हो । 

">

संवैधानिक पक्रिया बिना नै गृहमन्त्री
नेपालको संवैधानिक प्रक्रिया अनुसार जाने हो भने रामबहादुर थापा नेपालको सांसद नै होइनन् । जोे नेपालको सांसद नै होइन, जो जनताबाट चुनिएरै आउँदैन त्यस्तो मान्छे गृहमन्त्री कसरी ? दुईचारजना अरिंगाललाई जम्मा गरेर गृहमन्त्री बनाउने । त्यस्ता व्यक्तिले जनताको विरोधमा काम गर्नु स्वभाविक हो । नेपालमा नागरिकता चाउचाउसरि बाडँ्ने षड्यन्त्र यसकै प्रतिफल हो । यसरी नागरिकता बाँडेर विदेशीलाई नेपाल ल्याउने र नेपालीलाई दास बनाउने । 

विधेयक विचाराधीन हुँदा हुँदा गृहमन्त्री थापाले उक्त विधेयक तल्लो निकायलाई पत्राचार गरिसकेका थिए । यो आपत्तिजनक कुरा नभएर अपराध हो । विदेशमा भएको भए अहिले गृहमन्त्री जेल परिसक्थे । यसरी पद र शक्तिको दुरुपयोग गर्न पाइन्छ ?नेपालको संविधानले रामबहादुर थापालाई गृहमन्त्री भन्दैन । संविधान उल्लंघन  गर्नेविीत्तकै बर्खास्त हुनुपर्र्ने हुन्छ । तर उनी त संविधान भन्दा माथि गएर अपराध गरिरहेका छन् ।
नागरिकताको पक्षमा नेपाल यति लचिलो हुनुको कारण नै राजनीतिक दल र उनीहरुका भेडे कार्यकर्ताहरु हुन् जसले जिन्दाबाद र मुर्दाबादवाहेक केही बुझेकै छैनन् । राम्रो कामको स्वीकारसँगै नराम्रो कामको विरोध पनि गर्न सक्नुपर्ने उनले बताए । तर अन्धभक्त कार्यकर्ताहरु मालिकले जे भने त्यही मान्ने कुकुरजस्तै भएका छन् । 

नागरिकता विधेयक पारित गर्न खोज्नुको अर्को कारण भनेको भारतलाई सहयोग गर्नु होे । हिजोका दिनमा राजनीतिक दलले गरेका अपराधिक पृष्ठभूमिलाई ढाकछोप गर्न यस्तो लचिलो भएको हो । 

नागरिकता संसोधन विधेयकबाट हुने सम्भावित घाटा 
हाम्रो छिमेकमा १३३ करोड भन्दा बडी भारतीय र उत्तरमा १५५ करोड भन्दा बढी चिनियाँ बस्छन् । अहिलेकोे नीति पारित भएमा अबको ४ वर्षमा १३ करोड विदेशी नेपाल भित्रिन्छन् । आज पनि नेपालका बोर्डरका र काठमाडौंका अस्पतालमा ३३ लाख भारतीय छन् । यसले देशमा अराजकता ल्याउँछ । नेपालको संस्कृती, इतिहास, राज्यसत्ता सबै मासिएर जान्छ र हामी अरबमा कामगर्न गएजस्तै आफ्नै देशमा दास हुन्छौं । 
यति बुझ्दा बुझ्दै पनि कोही नागरिक या राजनीतिक दलका कार्यकताले विरोध गरेका छैनन् । अबको चार वर्ष पछि हामी दास हुन्छौं । चुप लागेरै बस्ने हो भने दासत्व स्वीकार गर्नुस् । 

">

भारतमा पनि अंगिकृतले नागरिकता पाउन सात वर्ष कुर्नुपर्छ । हामी यति लचिलो किन हुने ? नागरिकता भनेको राज्य हो, राज्यभित्रको कानून र सम्पूर्ण नेपालीको कर्तव्य र अधिकार हो । 

अंगीकृत नै सांसद भएपछि...
मधेशवादी दलमा ५५ प्रतिशत सांसद भारतीय छन् । चाहे त्यो फोरमकोे किन नहोस् या राजेन्द्र महतोको राजपा । किनभने राजेन्द्र महतो नेपाली होइनन् । उनी पछि नेपाली बनेको हुन् । राजपाको संयोजक भइसकेका व्यक्ति नै नेपाली होइनन् । यो भारतको दल हो । भारतीयले त भारतीयको फेबरमा काम गरेर नागरिकता बाडँ्ने नै भए । नागरिकताले कत्तिको असर पारेको छ भन्ने कुरा सिमानामा बसेका मधेसी जनतालाई थाहा छ । हामी काठमाडौं र पहाडमा बसेर सीमामा उनीहरुले दैनिक खेप्नुपर्ने भारतको सास्ती बुझ्दैनौं । अब पनि चुप लागेर बस्ने हो भने नेपाल नै रहँदैन । जन्मको आधारमा नागरिकता दिनुु राष्ट्रघाती हो । गृहमन्त्री नालायक भएर निस्किए । एउटी आमालाई बेच्ने व्यक्तिले कहिल्यै प्रगती गर्न सक्दैन । 

अबको सामाधान ? 
यसको समाधानको लागि प्रत्येक निर्वाचन क्षेत्रका सांसदको कठालो समातेर सोध्नुपर्छ, नेपालको नागरिकता संसोधन विधेयक २०७५ के नेपाल र नेपालीको हितमा छ ? यसबारे सांसरमा गएर खबरदारीगर्ने कि नगनर्ने ? कांगे्रस  त प्रतिपक्ष भएर पनि पक्कै कुरा उठाउँदैन किनभने कांग्रेस पनि नेकपाजस्तै हो । हिजो उसले पनि आपराधिक गतिविधि गरेको छ । अब यो प्रश्न जनताले उठाउने बेला आएको छ । 

">

गृहमन्त्री रामबहादुर(बादल) ज्ञानेन्द्र शाही

विशेष