समाज

भारतीय सहयोगमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण सम्पन्न

भारतीय सहयोगमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण सम्पन्न

काठमाडौं। भारतीय राजदूतावासको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।

 

भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको उपस्थितिमा बौद्ध गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले शुक्रबार उद्घाटन गरेका छन् । भारतीय दुतावासबाट प्राप्त १ करोड ८९ लाख अनुदान रकमबाट गुम्बा पुनर्निर्माणसहित परिसरमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण गरिएको हो ।

वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो । लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ ।

विशेष