कभर स्टोरी अन्तरवार्ता कला साहित्य भिडियो

डी. आरको उपन्यास ‘तिलस्मी’ : युवाको भविष्य बनाउने सूत्र

डी. आरको उपन्यास ‘तिलस्मी’ : युवाको भविष्य बनाउने सूत्र

काठमाडौं अनामनगर सकिएपछि घट्टेकुलो आउँदै गर्दाको मोडमा एउटा पुरानो फोटो स्टुडियो छ । नाम हो, डी.आर. फोटो स्टुडियो । यो फोटो स्टुडियोका संचालक साहित्यकार पनि हुन भन्ने कुरा अब धेरैले थाहा पाइसके । 

 


इलाम घर भएका डी.आर.को वास्तविक नाम दिनेशकुमार राई हो । उनी आफनो डी.आर. भन्ने उपनामबाट बढी चिनिन्छिन् । एउटा फोटो व्यवसायी राईको परिचय अब कुशल साहित्यकारका रुपमा स्थापित भैसकेको छ । 

 

">
राई जसरी राम्रो फोटो खिचेर, सजाएर आफना ग्राहकका हातमा पार्छन्, त्यस्तै उनी मन छुने गीत, कविता, निवन्ध र उपन्यास पनि लेख्छन् । राईले हालसम्म ५ वटा गीति संग्रह सार्वजनिक गरेका छन् भने चारवटा पुस्तक प्रकासित गरेका छन् । 

 


अहिले राई ‘तिलस्मी’ नामक उपन्यास लिएर आफना पाठक माझ आएका छन् । उनी भन्छन्, ‘ भृकुटीमण्डपको पुस्तक मेलामै बिक्री भएर सकियो, दोस्रो संस्करणको तयारीमा छु । ’

">


पूर्वको इलामदेखि पश्चिमको कैलालीसम्मका पाठकहरुले पुस्तकको माग गरेकाले आफू उत्साहीत भएको राई बताउँछन् । उनी भन्छन्, ‘ बजारमा आएका अन्य पुस्तक भन्दा यो नितान्त भिन्न छ । युवा केन्द्रीत उपन्यास हो । यसमा एउटा युवा कसरी सफल हुन्छ भन्ने कथा समेटिएको छ । सबै कुरा थाहा पाउन त उपन्यास पढ्नु पर्छ । ’

 


उपन्यामा प्रेम र यौनका प्रसंग भएपनि मुल बिषय त्यो नभएको राई बताउँछन् । ‘प्रेम र यौनलाई पुस्तक खपत गराउने मसलाकारुपमा मैले प्रयोग गरेको छैन । प्रेम र यौनबारे बुझन सन्देशमुलक ढंगका सामग्री भने प्रशस्त राखिएको छ । ’ राई भन्छन् । 

 


अविवाहित रहेका राई आफू हाल प्रेममा रहेको र चाँडै वैवाहिक बन्धनमा बाँधिने स्वीकार गर्छन् । प्रेमले बाँच्न प्रेरणा दिने भएकाले सफल पुरुषको पछाडी महिलाको हात हुने मात्र नभई सफल महिलाको पछाडी पनि पुरुषको हात हुने धारणा राख्छन् । 


">

विशेष