चुटकिला

स्टाफ कलेजमा खुल्यो जागिर

स्टाफ कलेजमा खुल्यो जागिर

काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। 

लोकसेवाको सहमति अनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरक एवं खुला प्रतियोगिताबाट स्थायी रूपमा र नेपाल सरकरा वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्यबाट काजद्वारा पूर्ति गर्नुपर्ने भएको भन्दै सूचना प्रकाशित गरेको हो। 

जारी गरिएको सूचना अनुसार खुला, बढुवा र काज गरेर नियुक्त गरिने छ। स्टाफ कलेजमा वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायक सम्म दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने छ।

जागिर स्टाफ कलेज

विशेष