समाज

गरिब परिचयपत्र वितरणमा धनी नै बाधक

गरिब परिचयपत्र वितरणमा धनी नै बाधक

काठमाडौं । अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइँ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन् । कतिपय वडाको गरिब परिवारको सूचीमा पूर्वगाविस उपाध्यक्ष, कर्मचारी, प्रधानाध्यापक, शिक्षक, सहर र सदरमुकाममै घर बनाएर बसिरहेका हैसियतवाला धनीहरूको नाम समावेश भएको पाइन्छ।

प्रतिव्यक्ति वार्षिक ११ हजरा दुई सय ६१ रूपैयाँ खर्च गर्न नसक्ने परिवारमात्र गरिब परिवारको सूचीमा समावेश हुनुपर्नेमा गैरगरिबको नाम पनि भएको पाइएपछि गरिब परिचयपत्र वितरण गर्न असहज भएको रावाबेंसी गाउँपलािकाका अध्यक्ष लीलानाथ निरौलाले बताए। यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।

गरिब परिचयपत्र

विशेष