आज हावाहुरीसहित वर्षा, सावधानी अपनाउन मौसमविद्को आग्रह
काठमाडौं : आइतबार देशका अधिकांश भू–भाग हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् ।
पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसो बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन्।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ।
आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :
बैशाख ०८ गते (आईतबार)
दिउँसोः देश भरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरीसहित हल्का वर्षाको संभावना छ ।
बैशाख ०९ गते (सोमबार)
दिउँसोः देश भरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांग हावाहुरीसहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांग हावाहुरीसहित हल्का वर्षाको संभावना छ ।
बैशाख १० गते (मंगलबार)
दिउँसोः देश भरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।
राति: देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांग हावाहुरीसहित हल्का वर्षाको संभावना छ ।
मौसम वर्षा