स्वास्थ्य

ब्रेकअपछि केटीहरूले गर्छन् यस्ता अजबगजब हर्कत

ब्रेकअपछि केटीहरूले गर्छन् यस्ता अजबगजब हर्कत

प्रेम एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावना मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण सुरु हुन्छ । भनिन्छ पनि माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।

ब्रेक-अप भएपछि दुवैजनाले पीडाको महसुस गर्छन् । कतिले व्यक्त गर्न रुचाउँछन् कति लुकाएर राख्छन् । धेरै तनावमा पर्नेहरूले विभिन्न हर्कत समेत गर्छन् । ब्रेकअप भएपछि प्राय केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ । ब्रेक अपपछि धेरै जोडी आफूलाई पूर्ण रूपमा टुटेको महसुससमेत गर्छन् । केही केटीहरू भने ब्रेकअपपछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस् हेरौ ब्रेकअपपछि केटीहरूले गर्ने अजबगजब हर्कतहरू :

१. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कुराहरू सुनाउने प्रयास गर्छन् । ब्रेकअपपछि केटीहरु अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । बढेको शरीरको तौल घटाउन उनीहरू ध्यानसमेत दिन्छन् । उनीहरूलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ ।

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरू अपलोड गर्ने, प्रोफाइल फोटो फर्ने काम उनीहरू गरिरहन्छन् ।

३. उनीहरू सधै एउटा कुराको पछि लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरू यस्ता कुराहरू पत्ता लगाउन खोजिरहन्छन् ।

४. ब्रेकअपपछि केटीहरूको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरू आफ्ना साथीहरूलाई आफू कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरू आफ्नो एक्स बोइफ्रेण्डको गलफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउँन प्रयासरत हुन्छन् ।

५. ब्रेकअपपछि धेरैजसो केटीहरू सपिङ गरेर दिन बिताउन रचाउँछन् । यस्ता कामले उनीहरूको स्ट्रेस क मगर्न मद्दत मिल्छ । केही केटीहरू त सबै पैसा सपिङमा उडाइदिन्छन् । साथै रक्सी खाएर केटीहरू अरू केटाहरूसँग फ्लट गर्ने कामसमेत गर्छन् । यस्तो गरेपछि उनीहरूले 'एकस'ले थाहा पाओस् उनीहरूको सामु आओस् भन्ने चाहान्छन् । 

ब्रेकअप

विशेष