मुख्य समाचार

चियापान र भोजमा मितव्ययिता अपनाउँदा ८ सय ४७ प्रतिशत बढी खर्च 

चियापान र भोजमा मितव्ययिता अपनाउँदा ८ सय ४७ प्रतिशत बढी खर्च 

काठमाडौं । सरकारले चियापान, भोजभतेर, अतिथि सत्कार जस्ता शीर्षकमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले यो शीर्षकमा कम खर्च गर्ने नीति लिएर १ अर्ब २७ करोड ८८ लाख रुपैयाँ छुट्याएको थियो । मितव्ययीता अपनाउँदा विनियोजित रकमभन्दा ८४७ प्रतिशत बढी रकम खर्च हुन गएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

 

यसैगरी सवारीसधान, मेसिनरी औजारलगायत अन्य पूँजीगत सम्पत्तिको भागालाई अन्य भाडाबाट खर्च व्यहोर्ने व्यवस्था सरकारले गर्दै आएको छ । सो प्रयोजनका लागि सरकारले १३ करोड ४२ लाख रकम छुट्याएको थियो । त्यो रकमले नपुगेर १ अर्ब १५ करोडभन्दा बढी खर्च भएको छ । अर्थात सरकारले छुट्टयाए भन्दा ८६१ प्रतिशत बढी रकम खर्च भएको छ । 

 

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता ल्याउन नीतिगत मार्गनिर्देशन २०७५ जारी गरेको थियो । तर त्यही मार्गनिर्देशन लत्याउँदै अपुग रकम अर्को शीर्षकबाट काटेर यता खर्च गरेको छ । 
 

विशेष