महालेखाको सुझावः आयल निगमका कार्यकारी निर्देशकबाट ३ करोड ६५ लाख असुल्नू
काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने हानीनोक्सानी प्रतिशतमा फेरबदल गरेर राज्यलाई ३ करोड ६५ लाख रुपैयाँ नोक्सानी पुर्याइएको महालेखा परीक्षकको कार्यालयले दावी गरेको छ ।
महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा सिनामंगलस्थित हवाई इन्धन डिपोमा हुने ढुवानीका क्रममा हुने हानीनोक्सानी ० दशमलव ६२ प्रतिशतलाई बढाएर नेपाल आयल निगमका कार्यकारी निर्देशकले ० दशमलव ८५ प्रतिशत बनाएको उल्लेख छ । सञ्चालक समितिको निर्देशनबिना नै कार्यकारी निर्देशकले यस्तो निर्णय गरेका कारण कार्यकारी निर्देशकबाट ३ करोड ६५ लाख रुपैयाँ असुल हुनुपर्ने महालेखाको ठहर छ ।
यसवर्ष थानकोट, सिनामंगल र भैरहवामा यस्तो फेरबदल गर्दा सो परिमाणको घाटा पुगेको औंल्याइएको छ ।