मनोरञ्जन

माल्दिभ्समा मग्न अभिषेक– ऐश्वर्या

माल्दिभ्समा मग्न अभिषेक– ऐश्वर्या

काठमाडौं। अभिषेक बच्चनले परिवारसहित मालदिभ्स घुमघामको तस्वीर सामाजिक सञ्जालमा हालेपछि भाइरल भएको छ ।

 

पत्नी ऐश्वर्या, छोरी आराध्यासहितको आकर्षक तस्वीर अभिषेकले पोष्ट गरेका छन् । उनीहरु गत हप्ता छुट्टी मनाउन माल्दिभ्स गएका थिए । ऐश्वर्या–अभिषेक बलिउडमा सुन्दर जोडीको रुपमा चर्चित छ । ऐश्वर्या राय अघिल्लो पुस्ताकी हेमा मालिनी पछि चर्चित सेलिब्रेटीमा पर्छिन् । उनीहरुको विवाह भएको एक दशक नाघेपछि यो जोडी विवादमा आएको छैन । 


ऐश्वर्या–अभिषेक जोडीकी प्यारी छोरी आराध्य बच्चन परिवारकै प्रिय उपहार हुन् । उनी हजुरबुबा हजुरआमा अमिताभ र जया बच्चनकी प्यारी नातिनी हुन् । यिनी जन्मिदा उनको तस्वीर पाउन भारतीय पत्रकारले धेरै मेहनत  गर्नु परेको थियो । 
जुनियर बच्चनले तस्वीर इन्स्टाग्राममा हालेपछि तस्वीर भाइरल भएको छ । 

विशेष