कर्पोरेट ओटोमोबाइल

यामाहाले ल्यायो बजारमा एफजेडएस एफआई भी ३.०

यामाहाले ल्यायो बजारमा एफजेडएस एफआई भी ३.०

काठमाडौं – दुई पाङ्ग्रे सवारीको प्रतिष्ठित ब्राण्ड यामाहाले बजारमा एफजेड सिरिजको नयाँ बाइक एफजेडएस एफआई भी ३.० नेपाली बजारमा ल्याएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजमा राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ गरेको महा एक्सचेन्ज मेलामा सो बाइक पनि लन्च गरेको हो ।

 

यामाहाको नयाँ एफजेडएस एफआई सिंगल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा आएको छ । जुन पुरानो एफजेडएस मोडलको जस्तै सार्प र मस्कुलर लुकमा उपलब्ध छ । मोटरसाइकलको ट्यांकी भने केहि फरक लुक्समा आएको छ । 

इन्धन ट्यांकीको अघिल्लो भागमा ग्रिल जस्तै एयर भेन्ट छ । यसका कारण नै बाइक धेरै दमदार देखिएको छ । यो बाइक सिंगल सिट अप्सनमा पनि उपलब्ध छ ।

 

बाइकमा नयाँ एलोई ह्विल र दुई पटक डिजाइन गरिएको फेन्डर्स छ । पछिल्लो भागमा नयाँ टेल लाइट र बडी वर्क छ । बाइकमा नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र एलईडी हेडलाइट छ ।

मेकानिकल्ली यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । बाइकमा १४९ सीसी एयरकुल्ड टु भल्व सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । यसले १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।

यो नयाँ बाइकको शुरुवाती मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यामाहा

विशेष