संचार जगतमा गलत प्रवृति हाबी भयो: मन्त्री पण्डित
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एउटा ल्यपाटपको भरमा अनलाइन संचालन गरेर गलत समाचारको खेती बन्द गर्न आग्रह गरेका छन् ।
मङ्गलबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पण्डितले संचारमाध्यममा गलत प्रवृति हाबी हुदै गएको बताए । हजारभन्दा बढीको संख्यामा रहेको अनलाइनहरुमध्ये अधिकांशले सत्यतथ्य भन्दा पनि धेरैको पहुँच पाउन अनावश्यक विषयवस्तुलाई समाचार बनाउने गरेको जीकिर गरे ।
चुनाव ताका लालु यादव जेल गएको समाचारलाई आफ्नो फोटो र नाम हालेर भ्रष्टाचार गरेको आरोपमा जेल सजाय भएको समाचार अनलाइनमा भाइरल बनाइएकोप्रति दु:ख व्यक्त गरे । उनले गलत समाचारको खेती बन्द गर्न संचार जगतलाई आग्रह गर्दै गलत काम गरे सरकारले कसैलाई नछोड्ने दाबी गरे ।