उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपतिको भुमिकामा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुन कार्यवाहक राष्ट्रपतिको भुमिका हुनेछन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, " मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।"
राष्ट्रपति भण्डारीको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने सबै काम उपराष्ट्रपति पुनले गर्ने जनाइएको छ । राष्ट्रपति भणडारी बुधबार चिनियाँ समकक्षी सी जिङपिङको निमन्त्रणामा राजकीय भ्रमणमा चीन प्रस्थान गरेकी हुन् ।