राष्ट्रपति भण्डारी सियानमा
सियान। राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको राजधानी सियान पुगेकी छन् ।
नेपाल वायुसेवा निगमको चार्टेड विमानबाट राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन त्यहाँ पुगेकी हुन् । भ्रमणका क्रममा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।