खेल

इंग्लिस प्रिमियर लिगः आर्सनल उक्लियो तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगः आर्सनल उक्लियो तेस्रो स्थानमा

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । न्युकासल युनाइटेडलाई पराजित गर्दै आर्सनल तेस्रो स्थाना उक्लिएको हो । यसक्रममा उसले म्यानचेस्टर युनाइटेड र उत्तरी लण्डनको प्रतिस्पर्धी टोटनह्यामलाई पछि पारेको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।

 

एरोन राम्से र लाकाजेट्टेले गोल गरेका थिए । ३०औं मिनेटमा राम्सेले करिब १५ यार्डबाट प्रहार गरेको ग्रास शट उत्कृष्ट गोलमा परिणत भएको थियो । त्यसअघि उनले एउटा अवसर खेर फालेका थिए । ८३औं मिनेटमा अलेजान्द्रे लाकाजेट्टेले न्युकाशलको रक्षापंक्ति तोड्दै गोल गर्न सफल भए । जुन निर्णायक बन्यो । न्युकाशलका लागि सोलोमोन रोन्डोनले पाएको उत्कृष्ट अवसर आर्सनलका गोलरक्षक बन्र्ड लेनोले असफल पारिदिएका थिए । उनको लो शट लेनोले क्लियर गरेका थिए ।

 

फेब्रअरीको सुरुआतसम्म आर्सनल लिगमा टोटनह्यामसँग १० अंकले पछि थियो । तर, अहिले टोटनह्यामलाई उसले २ अंकले पछि छाडेको छ । लिगमा ७ खेल बाँकी रहँदा युनाइटेड र टोटनह्यामलाई पछि छाडेको छ ।आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ । समान खेलबाट टोटनह्याम र युनाइटेडको समान ६१ अंक छ । गोलअन्तरका आधारमा युनाइटेड पछि छ । लिगको शीर्ष स्थानमा ७९ अंकसहित लिभरपुल छ ।  

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबल

विशेष