खेल

आइपीएलः विराटको टिमको लगातार तेस्रो जीत, प्लेअफमा पुग्ने सम्भावना कायमै

आइपीएलः विराटको टिमको लगातार तेस्रो जीत, प्लेअफमा पुग्ने सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पञ्जाव विरुद्धको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोर १७ रनले विजयी भएको छ । बैंग्लोरले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन मात्र बनाउन सक्यो । उसका लागि निकोलास पुरनले सर्वाधिक ४६, केएल राहुलले ४२, मयंक अग्रवालले ३५, डेविड मिलरले २४ तथा क्रिश गेलले २३ रन बनाए ।

 

पञ्जावविरुद्ध बैंग्लोरका उमेश यादवले ३, नवदीप सैनीले २, मार्कस स्टोइनिस र मोइन अलिले एक-एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो । उसका लागि एबी डी भिलियर्स र मार्क स्टोनिसले पाँचौं विकेटका लागि आविजित १२१ रनको उत्कृष्ट साझेदारी गरे । डी भिलियर्सले नट आउट ४४ बलमा ८२ रनको आक्रामक इनिङ खेले । उनले तीन चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै मार्क स्टोनिसले ३४ बलमा ४६ रन बनाए । ओपनर पार्थिव पटेलले पनि २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

 

बलिङमा पन्जाबका मोहम्मद सामी, मोर्गन आश्विन, हार्दुस भिल्जोइन र रविचन्द्रन आश्विानले एकएक विकेट लिए । जितसँगै बैंग्लोरले ११ खेलबाट ८ अंक बनाउँदै पुछारबाट सातौं स्थानमा उक्लिएको छ । यो जितका कारण बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना जिवित बनेको छ । पञ्जावको भने १० अंक छ ।

 

इन्डियन प्रिमियर लिग किंग्स इलाभेन पञ्जाव रोयल च्यालेञ्जर्स बैंग्लोर

विशेष