विश्वकप क्रिकेटका लागि वेस्ट इन्डिजद्वारा टोली घोषणा

काठमाडौं । आउँदो मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा हुन गइरहेको एकदिवसीय विश्वकप क्रिकेटका लागि वेस्ट इन्डिजले १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । वेष्ट इण्डिजले जोसन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान होल्डरसंगै क्रिस गेल, फबियान एलन, कार्लोस ब्रैथवैट, आन्द्रे रसेल, डरेन ब्राभो, सेल्डोन कोट्रेल, सानोन गाब्रियल, शिम्रोन हिटमायर र साई होप रहेका छन् । यस्तै इभन लुइस, एशले नर्स, निकोलस पुरन, किमार रोच, र ओसाने थोमस टिममा अटाएका छन् । सन् १९७५ बाट शुरु भएको एकदिवसीय विश्वकपमा पहिलो संस्करणदेखि नै सहभागिता जनाइरहेको वेस्ट ईन्डिजले पहिलो र दोस्रो संस्करणको उपाधि हात पारिसकेको छ ।
एकदिवसीय विश्वकप क्रिकेट वेस्ट ईन्डिज