श्रीलंकाका क्याप्टेन करूणरत्नेले मागे माफी
एजेन्सी : श्रीलंकाको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका छन् । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो ।
उनको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते समेत भएपछि घटना थप विवादित बनेपछि उनले प्रहरीसँग माफी माग्नु परेको हो । घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उनलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ । देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परीक्षण गर्न समेत लगाइएको छ । 'गत आइतबार उहाँले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,' एक प्रहरी अधिकारीले भने ।
प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलंकामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गरेका हुन् ।
क्याप्टेन दिमुथ करुणरत्ने