सन्दीप बने धेरै विकेट लिने स्पिनर, को–को परे पछि?

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा धेरै विकेट लिने स्पिनर बनेका छन् । आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले लगातार सफलता हात पार्दै सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।
सोमबार राति आइपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जावविरुद्ध २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारे । उनले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् । सन्दीपले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रशिद खान, बंगलादेशका शकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।
सन्दीप लामिछाने आइपीएल दिल्ली क्यापिटल्स