देश

एनसेललाई कर तिर्न २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

एनसेललाई कर तिर्न २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनहरुले एनसेललाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

 

बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युवा संघ नेपाल, वाइसीएल, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले एनसेललाई कर तिर्न ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा समेत कर नतिर्नु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । एनसेललाई कुनै खालको सहुलियत दिएर राष्ट्रघातीका काम नगर्न सरकारी निकायहरुलाई संगठनहरुले चेतावनी दिएको छ ।

 

एनसेलको फोग नगर्न आग्रह गर्दै चार वटै संगठनले २४ घण्टाभित्र कर नतिरे एनसेलविरुद्ध दबाबमुलक कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् ।

विशेष