आफन्तद्वारा जलाइएकी मण्डलको निधन
काठमाडौं। बिहीबार विहान सिरहाको कल्याणपुर नगरपालिका ८ की कञ्चन मण्डललाई परिवारका सदस्यले आगो लगाइदिए । बेचु मण्डल खत्बेकी २१ बर्षीया पत्नी कञ्चनको शरीरको अधिकांश भाग जलिसकेको अवस्थामा काठमाडौं ल्याइएको थियो । तर उपचारको क्रममा शुक्रबार उनको निधन भएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटल उपचारको क्रममा उनको निधन भएको छ ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । आशंकामा उनका पति र सासु छन् ।