खेल

तीन–तीन पटकका आइपीएल विजेता चेन्नई र मुम्बई भिड्दै

तीन–तीन पटकका आइपीएल विजेता चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शुक्रबार चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको भिडन्त चेन्नईमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुँदैछ । तीन–तीन पटकका आइपीएल विजेता चेन्नई–मुम्बईको भिडन्त आज रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जारी आइपीएलमा चेन्नईले होम ग्राउन्डमा हार बेहोरेको छैन । जारी सिजनमा उसले चितम्बरम स्टेडियममा भएका पाँचै खेलमा जीत हात पारेको छ । 


महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई ११ म्याच खेल्दा १६ अंककासाथ तालिकाको शीर्ष स्थानमा छ । ११ खेलमा धोनीको टिमले ८ मा जीत हात पार्दा ३ खेलमा मात्र पराजयको स्वाद चाखेको छ । यता, रोहित शर्मा नेतृत्वको मुम्बई लिग तालिकामा १२ अंककासाथ तेस्रो स्थानमा छ । उसले १० खेल खेल्दा ६ मा जीत र ४ खेलमा हार बेहोरेको छ ।  

इन्डियन प्रिमियर लिग चेन्नई सुपर किंग्स भर्सेस मुम्बई इन्डियन्स

विशेष