Technology

एप्पलले भारतमा आइफोन सिक्सको बिक्री बन्द गर्ने

एप्पलले भारतमा आइफोन सिक्सको बिक्री बन्द गर्ने

काठमाडौं : अमेरिकी मोबाइल निर्माता कम्पनी एप्पलले भारतमा आइफोन सिक्स र आइफोन सिक्स एसको बिक्री बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले एक महिनादेखि उत्पादनका फोन बिक्री नगर्ने पसलसमेत बन्द गर्ने बताएको छ। कम्पनीका तीन वरिष्ठ कार्यकारीले यो जानकारी दिएका हुन्।

आईफोन बनाउने कम्पनीले २०१४ मा आईफोन सिक्सलाई सार्वजनिक गरेको थियो। यसमा ३२ जिबी भेरियन्टको मूल्य करिब २४ हजार ९ सय रूपैयाँ र आईफोन सिक्स एस भर्सनको मूल्य २९ हजार ९ सय भारतीय मूल्य छ।

यी दुवै फोनको बिक्री बन्द गर्दा आईफोनको सुरुवाती मूल्य करिब पाँच हजार भारतीय रूपैयाँ बढ्ने अपेक्षा गरिएको छ। जसबाट कम्पनीको उद्देश्य पूरा हुनेछ।

एप्पलले ‘डिस्काउन्टेड ब्रान्ड’ को ट्याग हटाउन पछिल्लो वर्ष आईफोन एसईको सुरुवाती मूल्य २१ हजार रूपैयाँभन्दा बढाएको थियो। र यसलाई अन्य पसलहरूबाट पनि हटाएको थियो।

आइफोन

विशेष