देश संघीय समाचार

किन आएनन् प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत अन्तर प्रदेश परिषदको बैठकमा ?

किन आएनन् प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत अन्तर प्रदेश परिषदको बैठकमा ?

काठमाडौं । अन्तर प्रदेश परिषदको बैठकमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित छन् ।

 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको अन्तर प्रदेश परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, ६ वटा प्रदेशका मुख्यमन्त्रीलगायतको उपस्थिति रहे पनि राउत भने आएका छैनन् । नजिकिदै गरेको संघीय समाजवादी फोरमको महाधिवेशनका लागि जिल्ला तहका अधिवेशनहरु जारी छन् । आफु तल्लो तहको अधिवेशनमा व्यस्त रहेको कारण परिषद बैठकमा सहभागी नभएको मुख्यमन्त्री राउतले बताए ।

 

आगामी आर्थिक वर्षका बजेटका विषयमा केन्द्रित बैठकमा प्रदेशहरुका लागि संघीय सरकारबाट हुने बजेट विनियोजनबारे छलफल हुदैछ ।

विशेष