खेल

खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च

खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

 

नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि सुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, "नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको छ भने खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ ।" केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले त्यो कुरालाई प्रमाणित गरेको उनको भनाई थियो ।

 

अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । उनले दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताए । नेपाल भलिबल सङ्घले यसै वर्ष अन्तर्राष्ट्रिय स्तरको महिला भलिबल आयोजना गरेको तयारी प्रति अध्यक्ष प्रचण्डले सहयोगको प्रतिबद्धता जनाए ।

विशेष