खेल

चेन्नईको चौथो हार, मुम्बई आईपीएलको दोस्रो स्थानमा उक्लियो

चेन्नईको चौथो हार, मुम्बई आईपीएलको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स विरुद्धको खेलमा मुम्बई इन्डियन्स ४६ रनले विजयी भएको छ । शुक्रबार राति मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई होम ग्राउन्डमा १७.४ ओभरमै सबै विकेट गुमाउँदै १०९ रनमा समेटियो ।  उसका लागि मुरली विजयीले सर्बाधिक ३८, डीजे ब्रावो र मिचेल सान्ट्नरले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा मुम्बईका लसिथ मलिंगाले ४, कुणाल पाण्ड्या र जसप्रित बुमराहले दुई–दुई र हार्दिक पाण्ड्याले एक विकेट हात पारे । 

 

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाए । यस्तै, इभन लुइसले ३२, क्विन्टन डि ककले १५ रनको योगदान दिए । हार्दिक पाण्ड्याले २३ र किरण पोलार्डले नट आउट १३ रन प्रहार गरे । बलिङमा चेन्नईका मिचेल सान्ट्नरले २, इमरान ताहिर र दीपक चहरले एक–एक विकेट लिए । जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ । 

इन्डियन प्रिमियर लिग चेन्नई भर्सेस मुम्बई

विशेष